सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा महायज्ञ सुरु

२०७६ फाल्गुन २, ०६:२२ खबर संवाददाता

धनगढीको धार्मीक पर्यटकीय स्थल शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा महायज्ञ सुरु भएको छ। धममा श्रीमद्भागवत महापुराण प्रवचन, वामन पुराण अनुष्ठान तथा विश्व कल्याण महाआरती महायज्ञ सुरु भएको हो।

महायज्ञको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्तले उद्धघाटन गर्नुभएको हो। आजदेखि सुरु भएको महायज्ञ ९ गते सम्म चल्ने आयोजकले जनाएको छ। धाममा निर्माणाधिन अवस्थामा रहेका संरचनाको निर्माण कार्य सम्पन्न गर्न र निर्माण सम्पन्न भएका संरचनाको संरक्षण र व्यवस्थापन गर्न महायज्ञको आयोजना गरिएको शिवपुरी धामका सचिव सिद्धराज पनेरुले बताए।

शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा एक सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ। यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्ग भन्ने गरिन्छ। पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममामा नेपाल माताको मूर्ति पनि छ भने एक सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, सूर्यनारायणको मन्दिरलगायत अन्य थुप्रै धार्मिक संरचना पनि छन्।

कमेन्ट लोड गर्नुस