ऐश्वर्य विद्या निकेतन धनगढीको ४३ औँ वार्षिकोत्सव सम्पन्न
२०७६ फाल्गुन २, ०६:२१
धनगढीको ऐश्वर्य विद्या निकेतनको ४३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनी राना प्रमुख अतिथी रहेका थिए।
वार्षिकोत्सव समारोहमा बिभिन्न सांस्कृति कार्यक्रमको समेत आयोजना गरीएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो।
कमेन्ट लोड गर्नुस