धनगढीको फुलबारीमा ट्राफिक प्रहरी भवनको शिलान्यास
धनगढी : धनगढी उपमहानगरपालिका– १९ को फुलबारीमा ट्राफिक प्रहरी भवनको शिलान्यास गरिएको छ। बुधबार एक कार्यक्रमकाबिच प्रदेश सांसद नेपालु चौधरी र सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख लोकेन्द्र श्रेष्ठले भवनको शिलान्यास गरेका हुन।
प्रदेश ट्राफिक प्रहरीको समन्वय र वडा कार्यालयको पहलमानिर्माण गरिन लागेको भवनको शिलान्यास गर्दै सांसद चौधरीले सडकको बिस्तार र सवारी चाप बढेसंगै फुलबारीमा सवारी दुर्घटना बढ्दै गएकाले यसको न्युनिकरणका लागि ट्राफिक प्रहरी पोष्ट आवश्यक रहेकोे बताए। उनले ट्राफिक प्रहरी पोष्ट निर्माणका लागी आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
सुदूरपश्चिम ट्राफिक प्रदेश कार्यालय अत्तरियाका प्रमुख श्रेष्ठले समुदायीक प्रहरी साझेदारीमा नेपालमै पहिलो पटक नमुनाका रुपमा ट्राफिक प्रहरी पोष्ट निर्माण गर्न लागिएको बताए। ‘यो एक नमुना हो, यस क्षेत्रमा ट्राफिक प्रहरीको आवश्यकता छ भन्ने आवश्यकता महशुस गरेर २ महिना पहिले २ जना ट्राफिक प्रहरी परिचालन गरेका थियौ’ प्रमुख श्रेष्ठले भने ‘अहिले वडा कार्यालयको पहलमा स्थानीय आफै सक्रिय भएर भवन नै निर्माण गर्ने कार्य सक्रिय हुनु सबैका लागी नमुना हो।’
कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले लामो समय देखि ट्राफिक चेक पोष्ट राख्नका लागि पहल गरिरहेको भएपनि अहिले सफल भएको बताए। उनले भवन निर्माणका लागी तत्कालिन पुनर्बास बस्ती विकासको फुलबारीमा रहेको ७ कट्टा जग्गा मद्ये १ कट्ट जग्गामा २ कोठे भवननिर्माणका लागि छुट्याएको बताए।
उनले भवननिर्माणका लागि धनगढी नगरपालिका संगै वडा र स्थानिय संग चन्दा संकलनगरिने बताए।