सडकममा घाइते भेटिएका एक जनाको मृत्युपछि कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
धनगढी: सडकममा घाईते भेटिएका एक जनाको मृत्युपछि कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली खण्डमा घाईते अवस्थामा फेला परेका बर्दीयाका शेरवहादुर शाहीको मृत्युपछि राजमार्ग अवरुद्ध पारिएको हो।
जिल्लाको लम्की र चिसापानीको बिचमा राजमार्गमै घाईते फेला परेका शाहीको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘राजमार्गमै घाईते अवस्थामा फेला परेपछि विहान उपचारका लागि कोहलपुर लगिएको थियो। शरिरमा धेरै चोटपटक देखिएकाले गाडीले ठक्कर दिएको हुन सक्छ। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ।’