बाजुरामा त्रिवेणी धार्मिक महामहोत्सव सुरु
बाजुरा: बाजुरामा त्रिवेणी महामहोत्सव सुरु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ मा वडिमालिका त्रिवेणी ज्ञान विज्ञान धार्मिक महामहोत्सव सुरु भएको हो।
महोत्सवको सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले उद्घाटन गरेका छन्। उनले बाजुराका पर्यटकिय क्षेत्रहरुको बारेमा प्रचार–प्रसार गर्न आवश्यक रहेको बताए।
नगरपालिकाका वडा नम्बर ३,४ र ५ को संयुक्त आयोजनामा उक्त महामहोत्सवको संचालन गरिएको हो। तोली स्वास्थ्य चौकीको स्तरोन्नतिको सहयोगार्थ आयोजना गरिएको महामहोत्सव फागुन ५ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ।
हिन्दु धर्ममा टेकेर तथा हिन्दु धर्मको रितीरिवाज परम्परागत शैलीमा रहेर धार्मिक महोत्सव आयोजना गरिएको महोत्सव समितिका सहसंयोजक बिरबहादुर ऐडीले बताए। धार्मिक महोत्सवबाट संकलन भएको रकमले स्वास्थ्य चौकीको स्तरोन्नतिमा टेवा पुग्ने उनको विश्वास छ।
महोत्सवमा अन्र्तराष्ट्रिय भागवत भुषण वाचन शिरोमणी नारायण शरण प्रमुख बाचक रहेका छन्।