डडेल्धुरामा दुई जिप एकआपसमा ठोक्किए
धनगढी : भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको भात्काँडामा दुई जिप एकआपसमा ठोक्किएका छन्।
शनिबार दिउँसो डडेल्धुराबाट धनगढी आउदै गरेको से१च १३०५ नम्बरको जिप र धनगढीबाट डडेल्धुरा जादै गरेको म१ज १७८ नम्बरको जिप एकआपसमा ठोक्किएका हुन्। दुर्घटनाबाट कुनै मानविय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रहरी नायव निरिक्षक देवबहादुर खत्रीले बताए।
दुर्घटनापछि केहिबेर सडक अवरुद्ध भएतापनि अहिले राजमार्ग संचालन भइसकेको उनले बताए।