डडेल्धुरामा अलपत्र अवस्थामा महिला फेला
डडेल्धुरा: डडेल्धुरामा अलपत्र अवस्थामा महिला फेला परेकि छन्। वुधबार जिल्लाको अजयमेरु गाउँपालिकाको चमडा बजारमा अन्दाजी २२/२३ वर्षकी महिला फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
आफ्नो नाम थर समेत बताउन नसक्ने तथा मानसिक सन्तुलन बिगे्रको उनीलाई हाल महिला मुक्ती समाजद्वारा संचालित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ।
साथै प्रहरीले निजलाई चिन्ने तथा आफन्तलाई प्रहरीमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।