बाजुरामा २२ विपन्न परिवारलाई धुवाँरहित चुलो वितरण
२०७६ माघ २०, ०९:१३
बाजुरामा २२ विपन्न परिवारलाई धुँवा रहित चुलो वितरण गरीएको छ। सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा नम्बर ९ का २२ परिवार लाई सोमबार धुँवा रहित चुलो वितरण गरेको हो।
महिलाहरुको स्वास्थ्यमा असर नपरोस भन्ने उद्देश्यले धुवा रहित चुलो वितरण गरीएको सहास नेपाल लिप्ट परियोजनाका परियोजना अधिकृत देसिन्द्र राईले बताए। सहास नेपालको ७५ प्रतिशत र २५ प्रतिशत कृषकको लगानीमा चुलो वितरण गरेको जनाईएको छ।
कमेन्ट लोड गर्नुस