सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे अजयमेरुको अर्धबार्षिक समिक्षा : भौतिक प्रगती लक्ष्य भन्दा ११ प्रतिशत बढी

२०७६ माघ १८, १०:१० खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराकाे अजयमेरु गाउँपालिकाले चालु आर्थिक बर्षको अर्धवार्षिक समिक्षा तथा सार्वजनीक सुनुवाई सपन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्ष ०७६/०७७ को साउनदेखी ६ महिनासम्म गरेका क्रियाकलापहरु सार्वजनीक गरेको छ।

गाउँपालिका सदरमुकामबाट टाढा रहेको वडा नम्बर ५ देवलदिव्यपुरको पर्यटकीय स्थल देवल पार्कमा सम्पन्न अर्धबार्षिक समिक्षा तथा सार्वजनीक सुनुवाईमा गाउँपालिको भौतिक प्रगती लक्ष्य भन्दा ११ प्रतिशत बढी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा देखाएको छ। योजना निमार्ण तथा भुक्तानी ६ महिनामा गर्ने लक्ष्य लिएको काम भन्दा ११ बढी भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए।

सुनुवाईमा खानेपानी, सडक, पुल, भवन निमार्ण, ऐतिहासीक संम्पदा संरक्षण लगायका विषय गुनासोहरु आएका थिए। जसको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्ट तथा बिषयगत शाखा र सम्बन्धित वडा अध्यक्षहरुले पालै पालोमा जवाफ दिएका थिए। सुनुवाईमा विकासका योजनामाथिको छलफल तथा समस्या समाधानका लागि गाउँपालिकालाई सुझावहरुमा केन्द्रीय भएको थियो।

अध्यक्ष भट्टले जनताको समस्याहरु सुनुवाईमा मात्र नभएर जुन सुकै समय आफु सुन्न तथा कार्यान्वयमा ल्याउन तयार रहेको बताए। उनले भने, ‘सार्वजनीक सुनुवाईमा मात्र हाईन् तपाईका समस्या जुनसुकै बेला सुन्न तयार छौँ। तपाईहरु जे काम माध्यबाट पनि हामीलाई सल्लाह सुझाव दिन सक्नु हुन्छ।’

यस्तै अर्थवार्षीक समिक्षामा गाउँपालिको बिषयगत शाखाहरु कृषि, शिक्षा, स्वास्थ्य, पशु, प्राविधीक, सुचना प्रविधी तथा ६ वटै वडाहरुले आफनो कार्यपत्र प्रस्तुत गरेका छन् । समिक्षामा शाखाका कमी कमजोरीहरुलाई सच्याउदै जानु पर्ने गाउँपालिका अध्यक्ष भट्टले अनुरोध गरेका छन्।

उनले भने, ‘कर्मचारी साथीहरुले उत्साहपुर्ण रुपमा काम गर्नु भएको छ, केही सच्चीनु पर्ने कुराहरु समिक्षामा र्आैल्याईएका छन्, अब नयाँ कर्मचारीहरु पनि आनु भएको छ सबैले मिलेर सेवा दिनुस।’

गाउँपालिकाले सञ्चालन गरेको सार्वजनीक यातायात, स्काभेटर लगायका सवारी साधनको कमाई पनि सन्तोषजन नै रहेको देखाएको छ । भने वडा वडाको संकलन हुने राजस्व पनि लक्ष्य नजिक रहेको तर दाखीला समयमा नहुने गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस