सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजबाट छात्रवृती प्रदान

२०७६ माघ १६, ०९:०९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिमा रहेको वीरबल भद्र माविमा बुवाको सम्झनामा स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजबाट छात्रवृती प्रदान गरिएको छ।

डेढ वर्षअघि सोही गाउँपालिकाको ओली गाउँ बस्ने दानबहादुर ओलीको परिवारले विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेको थियो। 

ओली परिवारले आफ्ना स्वर्गीय बुवा लक्ष्मीसिँह ओलीको सम्झनामा श्री लक्ष्मीसिँह ओली नामक अक्षयकोष स्थापना गरेको थियो। 

बिहिवार विद्यालयको वार्षिकोत्सवको अवसरमा उक्त अक्षयकोषबाट आएको ब्याजबाट सोही विद्यालयमा अध्यनरत ३ जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृती प्रदान गरिएको परिवारका सदस्य श्याम ओलीले जानकारी दिए। 

विद्यालयमा अध्यनरत रबीन छत्याल, टिकेश्वरी ऐर र हेमराज भट्टलाई जनही ४ हजार २ सय प्रदान गरिएको ओलीले बताए। विद्यालयले सोही कार्यक्रममा दानबहादुर ओलीलाई सम्मान पनि गरेको थियो। 

कमेन्ट लोड गर्नुस