सुदूर नेपाललाई विश्वसँग जोड्दै

सूचना प्रविधि विधेयकको विरोध गर्दै कांग्रेस कैलालीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७६ माघ ५, ०४:४८ खबर संवाददाता

धनगढी: सूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङसमेत गर्न सकिने, सामाजिक सञ्जालमा कसैलाई जिस्काएमा ५ वर्षसम्म जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै कांग्रेसले देशैभर विरोधपत्र बुझाइरहेको छ। 

सोही कार्यक्रम अन्तरगत नेपाली कांगे्रस कैलालीले पनि जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। 

सरकारले जनता, सूचना प्रविधि र पे्रसमाथी आक्रमण गर्न खोजेको भन्दै ज्ञापनपत्र बुझाइएको नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाशबहादुर बमले बताए। लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा आफुहरु उत्रिएको उनले बताए। 

ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष उक्त ज्ञापनपत्र पेश गर्ने प्रतिवद्धता जनाएका छन्।  

 

 

 

 

कमेन्ट लोड गर्नुस