सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बिणा ग्रामिण विद्युत सहकारीको अध्यक्षमा खड्का

२०७६ पुष २७, ०७:३५ खबर संवाददाता

कैलाली- कैलालीको बिणा ग्रामिण विद्युत सहकारीको अध्यक्षमा प्रकाश खड्का चयन भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडामा रहेको सहकारीको १४औँ साधारणसभाले खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

उपाध्यक्षमा गौतम सिंह वि.क, सचिवमा हेमन्तराज जोशी, कोषध्यक्षमा यज्ञराज जोशी एवं सदस्यमा हेमराज सुवेदी, हेमा कडायत, धाना भट्ट, संगिता कुवँर, भानसिंह साउँद चयन भएका छन्। लेखा समितिको संयोजकमा झपटबहादुर साउँद चयन भएका छन्।

लेखा समितिको सदस्यहरुमा मेखराज जोशी, चक्र बोगटी चयन भएका सचिव हेमन्तराज जोशीले बताए। निर्वतमान अध्यक्ष यकम बहादुर छेडालको अध्यक्षतामा भएको सधारण सभामा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कमला शर्मा प्रमुख अथिति थिईन्।

कमेन्ट लोड गर्नुस