कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बाउण्ड्रीबाट लागूऔषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रित लागूऔषध प्रोक्सियोह्म–स्पास–४०८ ट्याब्लेटसहित भारतको उत्तर प्रदेश संत लाल आजाद नगर धोला बिर्सेनपुरी खिरी बस्न ५५ वर्षीय दीप चन्द पक्राउ परेका हुन्।
चन्दलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा शनिबार दिउँसो चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।