डोटीमा शिक्षकहरुका लागि तीन दिने गोष्ठि शुरु
डोटीको शिखर नगरपालिकाका विद्यालयका प्राचार्य तथा शिक्षकहरुका लागि ३ दिने गोष्ठी आइतवार देखि शुरु भएको छ। नगरपालिका भित्रका सवै विद्यालयमा आगामी आर्थिक वर्षमा अग्रेजी माध्यमवाट पढाइ शुरु गर्नुका साथै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उदेश्यका साथ गोष्टीको आयोजना गरिएको शिखर नगरपालिकाका शिक्षा इकाइ प्रमुख उद्धव वहादुर मल्लले बताए।
विश्व वजारमा चाहेको शिक्षा, शिक्षण विधि, शैक्षिक गुणस्तर सुधाराका लागि सरोकार वालालाइ वुझाउने तरिका, स्कूलको शैक्षिक अवस्थाका वारेमा फिल्ड भ्रमण लगायतका विषयमा छलफल गरिने कार्यक्रमका प्रशिक्षक डा. देवकान्त जोशीले बताए।
शिखर नगरपालिका डोटी द्वारा आयोजित गोष्ठीमा नगरपालिकाका विद्यालयका जनाको सहभागिता रहेको छ। गोष्टीको सहजिकरण एल आर आइ स्कुल काठमाण्डौका प्रधानाध्यापक देवकान्त जोशी, त्यसै गरि त्रिचन्द्र क्याम्पस काठमाण्डौकी प्राचार्य यसोधारा पन्त लगायतको टोलीले गोष्ठीको सहजीकरण गरिहेका छन।
गोष्टीको उद्घाटन कार्यक्रममा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले यो तालिमले नगरपालिकाको शैक्षिक गुणस्तर केही हद सम्म सुधारको कार्यन्वयन हुनेमा विश्वास वक्त गरे। सरकारी ठूलो लगानी रहेको सरकारी स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न यस्ता खाले कार्यक्रम गरिरहने नगर प्रमुख जोशीले बताए।
उद्घाटन कार्यक्रममा शिखर नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रमानन्द भट्ट, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर लगायतको उपस्तथि रहेको थियो।