सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको माया छात्रबासलाई सहयोग हस्तान्तरण

२०७६ पुष २६, ०६:१५ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको आमाको माया छात्रबासलाई खाद्य सामग्री सहयोग गरिएको छ। नेपाल मदिरा व्यवसाय महासंघ सुदूरपश्चिमले खाद्य सामग्री तथा टोपी र मोजा सहयोग गरेको हो। छात्रवासलाई चार कट्टा चामल, दाल, तेल तथा टोपी र मोजा सहयोग गरिएको महासंघका सुदूरपश्चिम सचिव नारायण लम्सालले जानकारी दिए।  

उनले माघ २५ गते हुने व्यवसायी सम्वृद्धिका लागि राष्ट्रिय कार्यशाला गोष्ठीको अवसरमा आमाको माया छात्रबासमा रहेका बालबालिकालाई सहयोग गरिएको बताए।

महासंघको प्रदेश कमिटिको चिसो मौसममा बालबालिकालाई सहयोग गर्ने निर्णय गरेबामोजिम नै सहयोग गरेको बताइएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष अशोक पाण्डे, उपाध्यक्ष लवदेव भट्ट, सचिव नारायण लम्साल, कोषाध्यक्ष भिमबहादुर कुंवर, सदस्यहरु शंकर शर्मा, नरेन्द्र शाही, गगनसिँह बोगटी, पुष्कर भाट, चेतराज जोशी, राहुल भट्ट तथा केन्द्रिय सदस्य सीता भट्टराईको सहभागिता रहेको थियो। 

धनगढीमा रहेको आमाको माया छात्रबासले अहिले ३१ जना बालकहरुलाई आश्रय दिएको छ। छात्रबास मुठिदानबाट सञ्चालन रहेको छ। 

कमेन्ट लोड गर्नुस