सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्स खरिदमा अनियमितता नभएको सामाजिक विकास मन्त्रालयको दावी

२०७६ पुष २४, ०७:१४ खबर संवाददाता

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियतिता नभएको दावी गरेको छ। एम्बुलेन्स खरिदमा आर्थिक अनियमितता भएको भन्दै सार्वजनिक भएका समाचारप्रती ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी कानून सम्मत नै खरिद गरी वितरण गरिएको दावी गरेको हो।

उसले स्वास्थ्य संस्थाहरुलाई स्तरीय एम्बुलेन्स वितरण गरिएको समेत जिकिर गरेको छ। यसअघि सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिदमा अनियमितता गरेको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई निर्देशन दिदै वास्तविकता बाहिर ल्याउन निर्देशन दिएका थिए। 

कमेन्ट लोड गर्नुस