सिद्धवावा सामुदायिक वनको अध्यक्षमा जोशी
२०७६ पुष २३, ०६:५१
धनगढी उप–महानगरपालिकाको वडा १५ कनरीमा रहेको सिद्धवावा सामुदायिक वनको अध्यक्षमा केशवराज जोशी चयन भएका छन्। आज बसेको सामुदायिक वनको दोस्रो साधारण सभाले जोशीलाई अध्यक्षमा निविरोध चयन गरेको हो। यस्तै उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा सुष्मा चौधरी, कोषाध्यक्षमा विरवहादुर चौधरी सहित ११ सदस्यीय नयाँ कार्य समिति चयनको स्थानीय कमल ढाटले बताए।
कमेन्ट लोड गर्नुस