सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्पाप्पीनेसका सदस्य एवं पत्रकार विष्टको जन्मदिनको अवसरमा सहयोग

२०७६ पुष १०, ०७:२९ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको आपतकालीन सहयोग कोषका सदस्य एवं पत्रकार जनक विष्टको जन्म दिनको अवसरमा असहायलाई सहयोग गरिएको छ। ह्याप्पीनेसको सुदूरपश्चिम मुख्य कमिटि सदस्य समेत रहेका विष्टको जन्मोत्सवको अवसरमा धनगढीको आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको हो।

जन्म दिनको अवसरमा छात्रवासमा आश्रित विद्यार्थीलाई सहयोगार्थ ५० थान शैक्षिक सामाग्री र दैनिक आवश्यकताका सामानहरु समेत हस्तान्तरण गरिएको हेल्प फर ह्यप्पिनेस टिमका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीले बताए। यस्तै पिठो, दाल, चिनी, चियापत्ती, साबुन, सोडा, मसला, नुन, सलाई, भ्यास्लिन, सोयाबिन लगायतका खाद्य समाग्री हस्तान्तरण गरिएको उनले बताए।

समाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै ह्याप्पीनेसका सदस्य विष्टले हेल्प फर ह्याप्पीनेसको सहयोगमा आमाको माया छात्रबासमा पहिलो पटक जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताए।

जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस टिम सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, आर्थिक कोष संयोजक केशव पौडेल, आपतकालीन असहाय सहयोग कोषका सदस्य कस्मिर साउँद, अभिषेक श्रेष्ठ, आशिष केसी, सुनिल सापकोटा, डम्बर राज योगि, यज्ञ जोशी, विवेक जोशी लगायतको सहभागिता रहेको थियो।

विष्ट दिनेश खवरका सह–सम्पादक हुन्। हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले समूहमा आवद्ध सदस्यहरुको जन्म दिनको अवसरमा असहायलाई सहयोग गर्दै आएको छ। विष्टको जन्म दिन बुधबार भएपनि आमाको माया छात्रबासमा आज सहयोग गरिएको हो।

 

कमेन्ट लोड गर्नुस