सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीद्वारा दाउरा वितरण

२०७६ पुष १०, ०४:०० खबर संवाददाता

कैलालीमा शितलहर तथा चिसोबाट बच्न दाउरा वितरण गरिएको छ। प्रहरीको सक्रियतामा विभिन्न सामुदायीक वनसंग समन्वय गरी जिल्लाका विभिन्न ठाउँहरुमा दाउरा वितरण गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। जिल्लाको धनगढी उप महानगरपालीका, गोदावरी नगरपालीका, गौरिगंगा नगरपालीका घोडाघोडी नगरपालीका, लम्की चुहा नगरपालीका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालीकाका विभिन्न स्थानहरुहरुमा दाउरा बितरण भईरहेको उनले बताए। चिसोका कारण यात्रु, बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित हुन थालेपछि आगो ताप्न दाउराको व्यवस्था गरिएको बस्नेतले बताए।

 

कमेन्ट लोड गर्नुस