सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको स्मृतीमा धनगढीको मानव सेवा आश्रमलाई जुत्ता हस्तान्तरण

२०७६ पुष १०, ०१:४२ खबर संवाददाता

बुवाको स्मृतीमा धनगढीको मानव सेवा आश्रमलाई जुत्ता हस्तान्तरण गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ तारानगरमा रहेको मानव सेवा आश्रमलाई धनगढी होलसेल व्यवसायी संघका उपाध्यक्ष एवं कैलाली उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य देवराज पाण्डेयले बुवाको स्मृतीमा जुत्ता हस्तान्तरण गरेका हुन्। धनगढीमा अत्यधिक जाडो बढेपछि मावन सेवा आश्रमका असहायलाई सहयोगार्थ २२ जोर जुत्ता हस्तान्तरण गरिएको पाण्डेयले बताए। श्रीमतीसंगै मानव सेवा आश्रममा पुगेका पाण्डेयले खाद्यवस्तु समेत हस्तान्तरण गरेका छन्।

कमेन्ट लोड गर्नुस