सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको खुल्लामञ्चमा दुई दिन ‘भुवा’ नाचिने

। फोटो स्रोत ।
२०७६ पुष ९, ०८:१७ खबर संवाददाता

धनगढी: धनगढीको खुल्लामञ्चमा दुई दिन भुवा पर्व मनाईने भएको छ। पुस १० र ११ गते धनगढीको खुल्लामञ्च (पुरानो एरपोर्ट) मा भुवा प्रर्व मनाइने बताएको छ। 

आज बाजुरेली सेवा समाजले धनगढीमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो। ‘हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ धनगढी खुलामञ्चमा भुवा खेलिने बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापाले बताए। 

नयाँ पिडिहरुमा भुवा पर्वबारे जानकारी घटदै गएकोले धनगढीमा उक्त कार्याक्रमको आयोजना गरेको बाजुरेली सेवा समाजका संस्थापक अध्यक्ष कुलबहादुर हमालले बताए। विभिन्न सांस्कृतिक कार्यक्रममा भुवा पर्वको झल्को दिइने गरेपनि त्यसको वास्तविक इतिहास युवा पिडिले बुझन् नसकेका उनले बताए। 

भुवाको अवसरमा गायक बिनोद बाजुरेली, लालबहादुर थापा लगायत कलाकारहरुको पनि सहभागिता हुने बताइएको छ। 

के हो भुवा पर्व ? 
भुवा पर्व पुसे औँसीको अघिल्लो मध्येरातबाट सुरु हुने पर्व हो। पाण्डव र कौरवको लडाई समाप्त भएको सम्झनामा भाला–तरवार सहित चाली खेल्ने मुख्य प्रचलन रहेको छ। यो पर्व महाभारतको युद्धकालदेखि आरम्भ भएको विश्वास गरिन्छ। 

यो पर्वको मुख्य आकर्षक पक्ष ‘भुवा नाच’ हो। हातमा तरवार र ढाल लिई सामुहिक रूपमा बाजागाजा सहित खेलिने यो नाचका सहभागीहरू यो पर्व मनाउने क्रममा घर–घरमा गई ‘भोस्को’ समेत खेल्ने गर्छन्। ‘ भोस्कोे’ खेलका माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने विश्वास गरिन्छ।

पहिलेका दिनहरूमा राजा रजौटाहरूले आफ्ना भाई भारदार लगाय जनताहरूलाई आत्म रक्षाको लागि खेतीको काम सकाएर फुर्सदको समयमा ढाल तरवार खेल्न सिकाउनको निमित्त भूओ अथवा भोस्को खेलाउने गरेको र हाल यो पर्व मनोरञ्जनको लागि मनाईएको पाइन्छ।

कमेन्ट लोड गर्नुस