सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाको सम्झनामा दृष्टि फाउण्डेशनलाई खाद्यान्न सहयोग

२०७६ पुष ९, ०६:०० खबर संवाददाता

धनगढी: धनगढीमा रहेको दृष्टि फाउण्डेशनलाई आमाको सम्झनामा खाद्यान्न सहयोग गरिएको छ। स्वर्गिय महिला नेतृ रमा चन्दको पाचौं स्मृति दिवसको अवसरमा अष्ट्रेलियामा बस्दै आएका छोरा लोकेन्द्र चन्द र तरुण दलका नेता विकास चन्द विक्कीले फाउण्डेसनलाई खाद्यान्न सहयोग गरेका हुन्।

फाउण्डेशनलाई चामल, चाउचाउ, विस्कुट, दाल लगायतका झण्डै २० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको छोरा लोकेन्द्रले जानकारी दिए।

असाहयहरुलाई आश्रय दिएको फाउण्डेसनलाई सहयोग पुगोस भनेर सामाग्री हस्तान्तरण गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस