धनगढीको मानव सेवा आश्रमलाई सहयोग
धनगढीमा रहेको मानव सेवा आश्रमलाई म्याट सहयोग गरिएको छ। वैदेशिक रोजगारमा रहेका धनगढीका हेमराज जोशीले पठाएको तीन हजार र साझा पार्टी कैलाली अभियान विभाग प्रमुख चुन्नु केसीको ८ सयको सहयोगमा ४० मिटर म्याट खरिद गरि सहयोग गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले बताए।
चिसो मौसमका कारण मानव सेवा आश्रम धनगढीमा आश्रित मनोरोगीको सेवाका लागि सहयोग आएको सचिव पनेरुले जानकारी दिए।