सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भारततर्फ लैजाँदै गरेका ७० हजार मूल्यका बाख्रा बरामद

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०८३ असोज १५, ०९:१७

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब ७० हजार रुपैयाँ मूल्य बराबरका बाख्रा बरामद गरेको छ।

भीमदत्त नगरपालिका–११, चौकीसत्ताबाट बुधबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती बाख्रा बेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार बाख्रा अवैध रूपमा भन्सार छली गरी भारततर्फ लैजान लागिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बरामद गरिएका बाख्रा आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा पठाइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचान भने खुल्न सकेको छैन।

कमेन्ट लोड गर्नुस