दुई महिनाभित्र वचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन (भिडियो सहित)
वचतकर्ताको लाखौं रकम लिएर वेपत्ता भएका लालीगुराँस सहकारीका सञ्चालक सम्पर्कमा आए
धनगढीको चौराहमा रहेको लाली गुराँस सहकारी संस्थाका सञ्चालक वचतकर्ताहरुको लाखौं रकम कुम्ल्याएर सम्पर्क विहीन भएको समाचार प्रसारण र प्रकाशन भएपछि सञ्चालकहरु सम्पर्कमा आएका छन। अधिकांश रकम मनपरी रुपमा ऋण दिएको र वचकर्ताहरुको रकम फिर्ता गर्न नसकिने अवस्था आएपछि सञ्चालकहरु सम्पर्क विहीन हुँदै आएकोमा समाचार प्रसारण र प्रकाशनपछि भने सञ्चालकहरु सम्पर्कमा आएका हुन् । २०६८ सालमा स्थापना गरिएको सहकारीका अध्यक्ष जयानन्द जोशीले सहकारी ऋणमा डुबेका कारण वचतकर्ताको रकम फिर्ता गर्न नसकिएको स्वीकार गरे ।
धरौटी विना नै जमानीमा ५ हजारदेखि दुई लाखसम्म शेयर सदस्यहरुलाई ऋण दिईएको ऋण नउठेपछि सहकारी टाँठ पल्टिएको हो । १ सय ७८ जना शेयर सदस्य रहेको सहकारीको सञ्चालक समितीमा रहेकाहरुले पनि ऋण लिएर फिर्ता गरेका छैनन् । धनगढीको चौराहमा रहेको कार्यालय वन्द गरेका कारण वचतकर्ताहरु रकम डुवेको भन्दै निराश भएका सहकारीका अध्यक्ष जोशीले भने अवको दुई महिनाभित्र सवै वचतकर्ताहरुको रकम फिर्ता गरिने आश्वासन दिए ।