सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै

२०७६ मंसिर २३, ०९:२५ खबर संवाददाता

हङकङमा महिनौदेखि जारी सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्मकै ठूर्लो याली निकालिएको छ। गत अगस्टबाट सुरु भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदै कयौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।

६ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानवअधिकारवादी संस्थाहरु र लोकतन्त्र समर्थकहरुको मोर्चाले निकालेर्को यालीमा हजारौं सर्वसाधारण सहभागी भएको बीबीसीले जनाएको छ। यालीमा करिब दुई लाख सर्वसाधारण सहभागी भएको बताइएको छ। जुलुसमा सहभागीमध्ये ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट एकथान पेस्तोलसमेत बरामद भएको बताइएको छ।

विवादास्पद सुपुर्दुगी विधेयक ल्याउने सरकारको निर्णयको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन्। विरोध प्रदर्शन हुनुअघि सरकारी अधिकारीहरुले विज्ञप्ती जारी गरेर शान्त रहने आह्वान गरेका थिए। सरकारले विवादमा आएको सुपुर्दुगी सम्बन्धी विधेयक फिर्ता लिएपनि आन्दोलन भने टुंगिएको छैन। आन्दोलनकारीले आफूहरुका माग पूरा गर्न हङकङ सरकारलाई अन्तिम अवसर रहेको बताएका छन्।

उनीहरुले आन्दोलनका क्रममा पक्राउ परेका नागरिकको बिनासर्त रिहा र स्वतन्त्र निर्वाचनको माग गरेका छन्। यसअघि भएका प्रदर्शनहरु हिंसात्मक भएको र सरकारी तथा सार्वजनिक सम्पतिमाथि तोडफोड भएको भन्दै कानुनको शासनको पालना गर्न प्रहरीले आन्दोलनकारीसँग आग्रह गरेको थियो। आन्दोनलमा घुसपैठ भएको हुनसक्ने भन्दै चीनलेसमेत तत्काल समस्याको समाधान गर्न हङकङलाई दवाव दिँदै आएको छ। (एजेन्सी)
 

कमेन्ट लोड गर्नुस