सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा नेपाल टेलिकमद्धारा निःशुल्क फोर जी सीम कार्ड वितरण

२०७६ मंसिर २२, ०१:२९ खबर संवाददाता

धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवमा नेपाल टेलिकमले निःशुल्क सीम कार्ड वितरण गर्ने भएको छ। दुर सञ्चार कार्यालय धनगढीले हालै सुदूरपश्चिममा विस्तार गरिएको फोर जी सेवाको प्रवद्र्धन गर्न महोत्सवमा निःशुल्क सीम कार्ड वितरण गरिने जनाएको छ।

दुर सञ्चार कार्यालयका प्रमुख सुरज मल्लले छिटोछरिता इनटरनेटका लागि एफटीटीएस (फाईबर)सेवा र फोर जी सेवा अतिआवश्यक रहेकाले निःशुल्क सीमा कार्ड गरिन लागेको जानकारी दिए।

उनले नेपाली नागरिकताको प्रतिलिपीको फोटोकपी तथा नागरिकता नम्बर खुल्ने कागजात बुझाएर सीम कार्ड लैजान सक्ने बताए। 

 

कमेन्ट लोड गर्नुस