सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारका गतिविधिले देश स्वेच्छाचारितातिर जाने खतरा पैदा भयोः प्रचण्ड

२०८३ असोज १८, ०५:५० खबर संवाददाता

काठमाण्डौः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौं अभिव्यक्रि क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने ।

साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्ने यो काममा अझै मिलेर अघि बढ्नुपर्ने भएको जिकिर गरे ।

‘हामीले अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जानसक्छ ।’

कमेन्ट लोड गर्नुस