धनगढीमा खुट्टा काटेको अवस्थामा भेटिएको गाईको उपचार गरिदै
धनगढीमा खुट्टा काटेको अवस्थामा एउटा गाई भेटिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को नवदिप टोल नजिकै खुट्टा काटिएको अवस्थामा भेटिएको गाईको उपचार पनि थालिएको छ।
हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको आपतकालीन भेटनरी टिमले उपचार गराईरहेको छ। हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले अगाडीको बाँया खुट्टामा धारिलो हतियारले काटिएको अवस्थामा भेटिएको गाईको उपचार भईरहेको बताए।