सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसकी सदस्य सिर्जनाको जन्म दिन मानव सेवा आश्रममा मनाईयो

२०७६ मंसिर २०, ०५:४८ खबर संवाददाता

हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम समितिकी सदस्य सिर्जना जोशीको जन्म दिन धनगढीको मानव सेवा आश्रममा मनाईएको छ। सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह  हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले स्थापना गरेको  आपतकालीन असहाय सहयोग कोषकी पनि सदस्य रहेकी जोशीको जन्म दिन मानव सेवा आश्रममा रहेका असहायहरुसंग मनाईएको हो।

मानव सेवा आश्रममा आश्रीत असहाय तथा मनोरोगीलाई सहयोगार्थ  खाद्यान्न र दैनिक आवश्यकताका सामान प्रदान गरिएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमले जनाएको छ। खाद्यान्नमा  चामल, दाल तथा चिनी, चियापत्ती, साबुन, सर्फ, ब्रस, पिठो, मसला लगायतका सामानहरु मानव सेवा आश्रमका अभिभावक सिद्धराज  पनेरुलाई हस्तान्तरण गरिएको हेल्प फर ह्पाप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले जानकारी दिए।

सहयोग समाग्री बुझ्दै पनेरुले मानव सेवा आश्रममा आश्रित असहाय तथा मनोरोगीको सहयोगार्थ सामान प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। उनले आश्रममा रहेकाहरुको भरण पोषणका लागि सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे। जन्मोत्सव कार्यक्रममा बोल्दै हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले  सामाजिक कार्यका लागि नै संस्था  स्थापना गरिएकाले सोही अनुरुप काम गर्दै आएको बताए।

उनले असहाय, अनाथ तथा आपत विपतमा परेका हरुलाई सहयोग गर्नु संस्थाको मुख्य उद्देश्य भएको पनि जनाए। संस्थाकी सदस्य जोशीले असहायसंग जन्म उत्सव मनाउन पाउँदा खुसी व्यक्त गरिन्। कार्यक्रममा हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक भण्डारी, आपतकालीन असहाय सहयोग कोष तथा इमर्जेन्सी  मेडिकल टिमका सदस्य एवं दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशी

आर्थिक कोष संयोजक केशव पौडेल,मानव सेवा आश्रमका सामाजिक अभियन्ता आदर्श ढकाल, आपतकालीन असहाय सहयोग कोषका सदस्यहरु सुनिल सापकोटा, अभिषेक श्रेस्ठ, कमल पनेरु, आशिष केसी, सन्तोश मगर, शिव शंकर चौधरी ,राकेश कठरिया,भुवन प्रसाद पनेरु,विवेक जोशी,लक्ष्मी भण्डारी, अरोही दाहाल, सुप्रिया गुरुङ,  लगायतको उपस्थिती रहेको थियो। 

 

कमेन्ट लोड गर्नुस