प्रादेशिक महोत्सवको तयारी पुरा
फागुन २३ गते अथात् वुधवारदेखि अत्तरियामा सुरु हुने प्रादेशिक महोत्सवको तयारी पुरा भएको छ ।
सम्वृद्ध प्रदेशको आधार, कृषि, पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रादेशिक महोत्सवको प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।