सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताला फोडेर धनगढीमा लाखौँको चोरी

२०७६ मंसिर १७, १०:१६ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीको एक घरमा चोरी भएको छ। वडा नम्वर ४ की लिला भण्डारीको घरबाट लाखौँको चोरी भएको हो। घरको मुख्य गेट नाघेर च्यानल गेटको ताला फोड्दै चोरी भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। 

प्रहरीका अनुसार झण्डै साढे तीन तोला सुन, चाँदीका १२ वटा सिक्का र तीन हजार नगद चोरी भएको छ। घरका सवै सदस्य धनगढी उप–महानगरपालिका भित्रै आफन्तको घरमा गएको बेला राती चोरी भएको हो। चोरीमा संग्लनको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरिक्षक पुष्कर पन्तले बताए।

कमेन्ट लोड गर्नुस