कञ्चनपुरमा १२६ एम्पुल लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका-११ भुजेला क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका-१८ बागबाणी बस्ने २७ वर्षका आसुतोष सिनाललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतवार अपराह्न ३ः३० बजेको समयमा चेकजाँच गर्दा सिनालले बोकेको रातो लेदरको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा फेनारगन ६३ एम्पुल र बी(जेसिक ६३ एम्पुल गरी जम्मा १२६ एम्पुल लागूऔषध बरामद गरिएको छ।
उक्त लागू औषधसहित पक्राउ परेका सिनाललाई नियन्त्रणमा लिई कानुन बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिए।