सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा मृतकको सख्या दुई पुग्यो

२०७४ फाल्गुन २२, ०७:१७

दार्चुलाको मार्मा गाउँपालिकाको लटिनाथवाट गोकुलेश्वर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
सोमबार बेलुकी म १ ज २३३ नम्बरको जीप बैतडीको डिलासैनी गाउँपालिका ३ रुईनेतमा दुर्घटना भएको थियो ।

्दुर्घटनामा परी घाईते मध्ये दार्चुलाको मार्मा गाउँपालिका ३ का कृष्ण विष्टको गोकुलेश्वर अस्पतालमै मृत्यु भएको हो ।

गोकुलेश्वरवाट थप उपचारको लागि रिफर गरिएका सोही ठाउँका सन्तोष विष्टको कैलालीको गोदावरी पुग्ने बेला मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

कमेन्ट लोड गर्नुस