सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेसका सदस्य पनेरुले असहायसँग जन्मोत्सव मनाए

२०७६ मंसिर १५, ०२:५८ खबर संवाददाता

सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह  हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको   आपतकालीन असहाय सहयोग कोष तथा इमर्जेन्सी भेटेरीनरी टिमका सदस्य भुवन प्रसाद पनेरुको जन्मोत्सव मनाईएको छ। पनेरुको जन्मोत्सव आज धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग मनाईएको हो।

जन्म दिनको अवसरमा दृष्टि फाउण्डेसनमा आश्रित असहाय तथा मनोरोगीलाई सहयोगार्थ ६ थान  म्याट, खाद्यान्न लगायत दैनिक आवश्यकताका सामान हस्तान्तरण गरिएको छ। चामल, दाल, चिनी ,चियापत्ती, साबुन, सर्फ, ब्रस, कोलगेट, पिठो, मसला, नुन, खुर्सानी, सोयाबिन लगायतका सामानहरु  हस्तान्तरण गरिएको हेल्प फर ह्पाप्पीनेसले जनाएको छ।

जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस टिम  सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, उप–संयोजक पुजा लामा, आपतकालीन असहाय सहयोग कोष तथा इमर्जेन्सी  मेडिकल टिमका सदस्य एवंम् दृष्टि विशेषज्ञ डा.युवराज जोशी, आपतकालीन असहाय सहयोग कोषका सदस्यहरु सुनिल सापकोटा,अभिषेक श्रेष्ठ, लक्ष्मी अवस्थी, कस्मिर साउँद, लक्ष्मी भण्डारी, सिर्जना जोशी, कमल पनेरु, आशिष केसी, सन्तोश मगर, विवेक जोशी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमकी उप–संयोजक पुजा लामाले  सामाजिक कार्यका लागि नै संस्था  स्थापना गरिएको बताईन। उनले निस्वार्थ सेवाको भाव लिएर अगाडी बढ्न चाहाने जो कोहीले पनि संस्थामा आबद्ध हुन सक्ने बताईन्।

उनले आपतमा परेका व्यक्तिलाई सहयोग गर्नु समूहको मुख्य उद्देश्य भएकाले सबैबाट सहयोगको अपेक्षा समेत व्यक्त गरिन्। त्यस्तै जन्म दिन परेका पनेरुले आफुले संस्थाका सदस्यसहित असहायसँग जन्म दिन मनाउँन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।

यस्तै दृष्टि फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले जन्मदिनको अवसर पारेर असहायहरुका लागि खाद्यान्न लगायतका समाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले हेल्प फर ह्याप्पीनेसका सदस्यले फाउण्डेसनमै जन्म दिन मनाउँदा आफूलाई  अर्को परिवार थपिएको अनुभुती हुने गरेको बताउँदै निरन्तर सहयोगको अपेक्षा गरिन्।

 

कमेन्ट लोड गर्नुस