सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँबाट धनगढीको कपडा बैंकलाई तीन सय ४८ थान कपडा दान

२०७६ मंसिर १४, ०६:१९ खबर संवाददाता

धनगढीको कपडा बैंकलाई तीन सय ४८ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई तीन सय ४८ थान कपडा दान गरिएको हो। काठमाडौंका विभिन्न स्थानमा वसोवास गर्नेहरुले धनगढीमा रहेको कपडा बैंकलाई कपडा दान गरेका हुन्।

काठमाडौं बस्ने शलिन थापा, निरज श्रेष्ठ, सुनिता वास्कोटा, रचना भट्टराई, सुनिल पुडासैनी, नविता पोखरेल, यमलिन टचेउ, अन्जना बैद्य, प्रविन शाहीले कपडा दान गरेका हुन्। यो संगै कपडा बैंक धनगढीले संकलन गरेका पाँच सय १३ थान कपडा वितरण गरिएको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर १७ धुरजन्नाका दुई वटा शिविरमा कपडा वितरण गरिएको कपडा बैंक धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस