सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो जोड्ने एक जना पक्राउ

२०७६ मंसिर १३, ०८:१९ खबर संवाददाता

कैलालीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एक जना पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर जोडेर अप शब्द सहितको स्टाटस पोष्ट गर्ने आकाश सिंह ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका ठकुरीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको सीआईबीले जनाएको छ।

कमेन्ट लोड गर्नुस