सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा वडा अध्यक्षको रहस्यमय मृत्यु

२०७६ मंसिर ४, ०६:२०

बैतडी: बैतडीमा एक वडा अध्यक्षको रहस्यमय मृत्यु भएको छ। बुधबार जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ का वडा अध्यक्ष ५७ वर्षीय राजबहादुर चन्दको शव फेला परेको छ। 

उनको शव घर नजिकै रहेको कँडेधार भन्ने भिरमा करिब १० मीटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। चन्द मंगलबार स्थानीय कैलपाल मन्दिरमा धुरामेला हेर्न गएका थिए। मेला हेरी घर फर्किने क्रममा भिरबाट लडेर वडा अध्यक्ष राजबहादुर चन्दको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ।

स्थानीयले घटना संकास्पद भएको भन्दै अनुसन्धान हुनुपर्ने माग गरेका छन्। अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक किशन चन्दले बताए।

‘थप अनुसन्धानका लागी प्रहरी निरीक्षक कमल बिष्टको नेतृत्वको टोली अहिले घटनास्थल तर्फ गइरहेको छ, त्यसपछि घटनाबारे थप अनुसन्धान हुने छ’ उनले भने। टोलीले अनुसन्धान गरेपछि मात्र शव परीक्षण गरिने जनाइएको छ ।

कमेन्ट लोड गर्नुस