मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन्।
अहिले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षसमेत रहेका ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद्मा हट्ने मन्त्रीहरू तथा नयाँ बन्ने मन्त्रीहरूबारे छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
छलफल सकेर ओली र प्रचण्ड दुवै राष्ट्रपतिसँगको परामर्शका लागि शितलनिवास जाने कार्यक्रम रहेको स्रोतले बतायो। यस्तै नेकपाले मन्त्रिपरिषद्कै बारेमा छलफल गर्न मध्यान्ह १२ बजे सचिवालय बैठक बोलाएको छ ।