असार देखी शैपाल ग्यास बजारमा आउने (भिडियो रिर्पोट सहित)
प्रदेश ७ मा थपीयो ग्यास उद्योग
कैलालीको गेटामा साढे १२ करोडको लागतमा निमार्ण भईरहेको शैपाल ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ। स्थानिय ५ जना व्यवसायीहरुको लगानी रहेको सैपाल ग्यास प्रालिले आउदो असारको दोस्रो सातादेखी उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।
गोदावरी नगरपालिका १ बिजौरामा गेटा आँखा अस्प्ताल पछाडीपट्टी स्थापना भएको कम्पनीमा शिद्धराज ओझा, मान बहादुर साह, गोपाल साही, निर्मला भट्ट र दिनेश साहको लगानी रहेको छ। शैपाल ग्यास प्रदेश नम्बर ७ मा स्थापना भएको रेडियन्ट ग्यास पछिको दोस्रो उद्योग हो । साढे १२ करोडको लागतमा स्थापना भएको शैपाल ग्यास असारदेखी बजारमा ल्याउने गरी तयारी भईरहेको शैपाल ग्यासका प्रबन्ध निर्देशक सिद्धराज ओझाले जानकारी दिए।
गोदावरी नगरपालिका वडा नम्बर १ बिजौरा गेटा आँखा अस्पताल पछाडी दुई बिगाह ५ कट्ठा जग्गामा ग्यास कम्पनी स्थापना भएको हो। अत्याधुनिक प्रबिधिबाट १४ हजार सिलिन्डरमा एकैपटक ग्यास भर्न सक्ने गरी स्थापना भईरहेको कम्पनीले ६ महिनाभित्रै शैपाल ग्यासका एक लाख सिलिण्डर बजारमा निर्यात गर्ने लक्ष्य राखेको छ। शैपाल ग्यास कम्पनीले अभावका बेला पनि १० दिनको बजारलाई धान्न सक्ने गरी मौज्दात क्षमता राख्ने प्रबन्ध निर्देशक ओझाले बताए।
कैलालीको मालाखेतीमा संचालनमा रहेको रेडियन्ट ग्यासले प्रदेश ७ को बजारको माग धान्न नसकेपछि अहिले नेपालगञ्जबाट पनि ग्यास यस प्रदेशमा आईरहेको छ। तर अब शैपाल ग्यास पनि खुल्ने भएपछि बाहिरबाट ग्यास आयात रोकिने संभावना छ। यसका साथै स्थानिय स्तरमा रोजगारीको श्रृजना पनि बढाएको प्रबन्ध निर्देशक ओझा बताउछन्।