सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिएसटी कर प्रणालीले राजस्व संकलनमा प्रभाव पारेन्

२०७५ जेठ २१, ०१:४५

भारतमा लागु भएको जीएसटी कर प्रणालीले राजस्व संकलनमा प्रभाव नपरेको कैलाली भन्सार कार्यालयले जनाएको छ। जीएसटी कर प्रणाली लागु भएपछि देशका अन्य भन्सार कार्यालयमा राजस्व संकलनमा प्रभाव देखिएपनि कैलाली भन्सार कार्यालयमा भने राजस्व संकलन सन्तोशजनक देखिएको हो। 

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपिकृष्ण उप्रेतीले चालु आर्थिक वर्षमा ३ अर्ब ८७ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा बैशाख सम्म ३ अर्ब ३३ करोड राजस्व संकलन भएको जानकारी दिए। धनगढीमा उद्योग धन्दाको विस्तार हुनु र सामान आयातमा कुनै किसिमको अवरोध सिर्जना नभएका कारण राजस्व संकलन सन्तोशजनक देखिएको भन्सार कार्यालयको भनाई छ। 

यसै कारण भारतमा लागु भएको जिएसटी अथात् वस्तु तथा सेवा शुल्क कर प्रणालीको प्रभाव नदेखिएको सूचना अधिकारी उप्रेतीले बताए। भारत सरकारले चालु आर्थिक वर्षको साउनदेखी जीएसटी कर प्रणाली लागु गरेपछि धेरै भन्सार कार्यालयको राजस्व गिरावट भएका बेला कैलालीमा भने त्यसको प्रभाव न्यून देखिएको हो। साउन सम्म चालु आर्थिक वर्षमा लिइएको राजस्व संकलनको लक्ष्य पूरा हुने भन्सार कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस