सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा काम नगरी निःशुल्क खाना पाउने भएपछि उश्रृङखल गतिविधी

२०७६ कार्तिक २९, १२:२९ रोशन भट्ट

कञ्चनपुरको शुँक्लाफाटा नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका करण धामीलाई उश्रृङखल गतिविधीमा संलग्न भएको आरोपमा कैलाली प्रहरीले साउन २४ मा पक्राउ ग¥र्यो। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ बसपार्कमा प्रहरीलाई हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सम्झाई बुझाई गर्दै जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका धामी भदौ २५ मा फेरी पक्राउ परे। धामीले धनगढीकै चटकपुरमा सडकमा हिडिरहेका अपरिचित व्यक्तिमाथि अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले नै पक्राउ गरेको थियो। 

साउन र भदौँमा सार्वजनिक मुद्दामा पक्राउ परेका धामीलाई विभिन्न उश्रृङखल गतिविधीमा संलग्न भएको आरोपमा कैलाली प्रहरीले छ पटक पक्राउ गरिसकेको छ। पछि बुझ्दै जादा धामीले प्रहरी हिरासतमा बस्नकै लागि त्यस्ता गतिविधी गर्ने खुलेपछि अहिले उनलाई कैलाली कारागारमा धरौटी नखुल्ने गरी राखिएको छ। विगतमा उनले हिरासतमा भएका बेला अन्य थुनुवाको काम गरी आर्थिक जोहो गरी धामी धरौटी तिरी रिहा हुने गरेका थिए। पटक–पटक प्रहरीको फन्दामा पर्ने धामीले जानीजानी नै गल्ती गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। 

प्रहरी हिरासत भित्र पुगिसकेपछि म्याद थपगर्नु पहिले खानाको पैशा तिर्नुपर्ने भएपनि म्याद थप भएपछि निःशुल्क खाना खान पाईने, हिरासतमै रहेका अन्यको सानोतिनो काम गरी आर्थीक जोहो गर्न मिल्ने, लगायतका अन्य कारणले नै युवाहरु उश्रृृङखल गतिविधीमा संलग्न हुने गरेको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए। अहिले दैनिक जसो कैलाली प्रहरीको थुनुवा कक्षमा एक सय ५० जना अभियुक्त रहने गरेका छन्। ती मध्ये अधिकांश यस्तै उत्श्रृङखल गतिविधिमा संलग्नहरु छन् भने धेरै जसो दुई–तीन पटक भन्दा बढी नै प्रहरी नियन्त्रणमा परिसकेका छन्। 

चोरी, लागु औषध, अभद्र व्यवहार लगायत सार्वजनिक शान्ती विरुद्धको कसुरमा पक्राउ पर्ने बढि छन्। यस्ता प्रकृतीका घटनाका दोषीलाई आवश्यक अनुसन्धान पुरा गरी प्रहरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत पठाउने गरेको छ। तर अधिकांश धरौटीमा रिहा हुँदै आएका छन्। पटक–पटक प्रहरीले नियन्त्रण गर्ने र छुटेपछि फेरी अपराधमा संग्लन भईरहने क्रम नरोकिएपछि अपराधिक गतिविधि नियन्त्रणमा पनि चुनौती बढेको छ। प्रहरी हिरासत भित्र काम नगरी गासवासको व्यवस्था हुने भन्दै अधिकासं युवाहरु दोहरीएर अपराधमा संग्लन भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार वस्नेतले बताए।

  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस