सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तिर्थालु बोकेको जीप नहरमा खस्दा चार जना घाइते

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक २७, ०८:४६ खबर संवाददाता

कञ्चनपुरमा तिर्थालु बोकेको जीप नहरमा खस्दा चार जना घाइते भएका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा भारतको हरिद्धाव जादै गरेको यूपि ३१ पी ७९७५ नम्बरका जीप महाकाली सिँचाईको नहरमा खसेको हो। जीपमा दश जना सवार भएपनि चार जना मात्र घाइते भएका कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्णानन्द भट्टले बताए।  घाइते हुनेमा भारतको पिलभितका श्रविन सिंह र अन्य तीन जना छन्।

उनीहरुको बेलडाँडी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरिक्षक भट्टले दिनेश खबरलाई जानकारी दिए। जीप अनियन्त्रित भएर सडकबाट नहरमा खसेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ। जीपलाई नहरबाट निकालिएको छैन्।

कमेन्ट लोड गर्नुस