अव घरमै वसेर अनलाईनवाट विद्युत महसुल तिर्न सकिने
घण्टौसम्म लाईन लागेर विद्युत महसुल तिर्दै आएका धनगढी र अत्तरीया आसपासका ग्राहकहरुले अव त्यसवाट छुटकारा पाएका छन । ईसेवाको माध्यमले घरमै वसेर विद्युत महसुल तिर्न सकिने सेवा सुरु भएसँगै ग्राहकहरुलाई राहत भएको हो । नेपाल विद्युत प्राधिकरण र एफ वान सफ्ट विचको सहकार्यमा ईसेवा एप्लिकेशन मार्फत महसुल तिर्न सकिने सेवा सुरु गरिएको हो । ई सेवामा खाता खोलेर सिंधै ग्राहक आईडीको आधारमा महसुल तिर्न सकिने छ । ई सेवामा खाता नभएका ग्राहकहरुले नजिकैको ई सेवा केन्द्रवाट विद्यतु महसुल तिर्न सकिने छ ।
अनलाईनको माध्यमले अव जुनसुकै सयममापनि महसुल तिर्ने व्यवस्था गरिएको ईसेवाका प्रदेश ७ का प्रमुख कमल बमले जानकारी दिए । धनगढी वितरण केन्द्रमा झण्डै विद्युतका ४३ हजार ग्राहकहरु रहेका छन । उनीहरुले मासिक ४ करोड विद्युत महसुल तिर्दै आएका छन । अत्तरीया आसपासमा पनि झण्डै १० हजार ग्राहकहरु रहेका छन ।