सुदूर नेपाललाई विश्वसँग जोड्दै

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय

२०७६ कार्तिक २७, ०१:३०

काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा डेढ वर्षअघि भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले प्रकरणमा पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । कार्कीले पीडित भनिएकी युवतीका प्रेमी भनिएका थिए।

तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलातकरा गरेको अभियोग थियो। अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ।

उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए। किनकि, घटना भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेको थियो।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो।
 

कमेन्ट लोड गर्नुस