धनगढीमा लागु औषधका दुई जना कारोवारी पक्राउ
धनगढीमा लागु औषधका दुई जना कारोवारी पक्राउ परेका छन्। बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर २ स्थित त्रिनगर भन्सार गेट अगाडीबाट दुई जना कारोवारीलाई पक्राउ गरेको हो।
भारतबाट नेपाल तर्फ आईरहेको बेला प्रहरीले चेकजाँच गर्दा जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ५ बस्ने बर्ष २५ का संजय चौधरीको साथमा तीन ग्राम ६ सय २० मिलिग्राम र निलो रंगको चार वटा ट्याबलेट, वडा नम्वर १३ बस्ने बर्ष २० का अनिल रानाको साथबाछ एक ग्राम एक सय ४० मिलिग्राम लागु औषध बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए।