धनगढीको कपडा बैंकलाई ९ सय ९ थान कपडा दान
धनगढीको कपडा बैंकलाई नौ सय नौ थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई नौ सय नौ थान कपडा दान गरिएको हो। पछिल्लो १५ दिनको अवधीमा धनगढीकै विभिन्न स्थानका व्यक्तिहरुले कपडा दान गरेका हुन।
धनगढीकी दिव्यश्वरी शाह, शुभम भगत, डम्बर गड्सिला, हेमा गर्फेल, वालिका कुवँर, भोजराज जोशी, सपना चन्द, दुर्गा सिंह, राज ओझा, चम्पा भट्ट, सरोज गुप्ता, रविन्द्र ओझा, हेमराज ओझा, गिता भट्ट, डिलबहादुर शाही, विनोद अधिकारी, विमला ठकुराठी, विमला ओझा, प्रेम शाह, दीर्घ शाह, सुजन न्यौपाने र सितादेवी ओझाले कपडा दान गरेका हुन।
कपडा संकलनका लागि प्रत्येक शनिवार विहान ८ बजेदेखि १० बजे सम्म धनगढीका विभिन्न स्थानमा गाडीहरु समेत राखिदै आईएको छ भने प्रत्येक दिन विहान ८ देखि १० र साँझ ४ देखि ६ बजे सम्म बैंक समेत खुल्ला रहने गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताईन। संकलन भएका कपडाहरु बैंक मार्फत निशुल्क वितरण गरिदै आईएको छ।