कैलालीमा बैज्ञानिक वन व्यवस्थापनले वनको हैसियत सुधार हुदै (अडियो रिर्पोट सहित )
काठ उत्पादनमा बढोत्तरी भएपछि उपभोक्ता पनि लाभान्वीत
कैलालीको गौरीगंगा नगरपालिका स्थीत चौमलामा रहेको रानीफाटा सामुदायीक वनको झण्डै त्नि हेक्टर क्षेत्रफलमा २०७३ साल माघबाट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको थियो । विगतमा बढिमा ८ सय क्युफीट काठ उत्पादन हुदै आएको सो सामुदायीक वनमा पछिल्लो एक वर्षमा झण्डै १० हजार क्युफीट काठ उत्पादन भएको छ । सामुदायीक वनकै उपभोक्तालाई समेत काठ नपुग्ने समस्या निराकरण भएर अहिले सामुदायीक वनले काठ टेण्डर प्रक्रियाबाट विक्री गरिरहेको रानीफाटा सामुदायीक वनका उपाध्यक्ष चक्र वोगटीले जानकारी दिए ।
अहिले सम्म वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम मार्फत सो सामुदायीक वनमा १ सय ८० वटा रुख काटीएको छ । वैज्ञानिक वन व्यवस्थापन गरी नयाँ विरुवाको पुनर्उत्पादन गर्ने कार्य पनि भईरहेको छ । अन्य ढलापढा रुखहरुबाट पनि काठ उत्पादन गरिएको छ । सामुदायीक वनको आम्दानी बढेपछि अहिले उपभोक्ताहरु पनि लाभान्वीत हुन थालेका छन् । गरिवी निवारण गर्ने लक्ष्यका साथ वैज्ञानिक वन व्यवस्थापन लागु भएको वन क्षेत्रका उपभोक्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउन सुरु गरिएको छ ।
कैलालीकै घोडाघोडी नगरपालिकाको तुल्सीपुर सामुदायीक वनमा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएको २ बर्ष पुगेको छैन् । तर वैज्ञानिक वन व्यवस्थापन मार्फत वनको हैसियत सुधार हुनुका साथै वनमा आश्रित समुदायको जिविकोपार्जनमा सहयोग पुगाउन थालिएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले रोजगारीको अवसर सिर्जना गरेको छ भने वनको वैज्ञानिक व्यवस्थापन गरी संरक्षणमा टेवा पुगाएको तुल्सीपुर सामुदायिक वनका अध्यक्ष पुष्कल वहादुर वमले बताए ।
अहिले वैज्ञानिक वन व्यवस्थापन मार्फत भईरहेको आम्दानीको ८५ प्रतिशत सामुदायीक वनले नै उपभोग गर्न पाईरहेका छन् । उक्त आम्दानी पुल पुलेसो, बाटोघाटो निर्माण लगायत विकास निर्माणका कार्यमा खर्च गर्ने योजना बनिरहेको छ भने उपभोक्तालाई विभिन्न सहुलीयत प्रदान गरि सक्षम बनाउने तयारी भईरहेको छ । सामुदायीक वनको सानो क्षेत्रमा लागु भएको वैज्ञानिक वन व्यवस्थापनले अहिले उत्साहजनक नतिजा दिएपछि वनबाटै समृद्धीको सपना बुन्न थालिएको छ ।
कैलालीमा बैज्ञानिक वन व्यववस्थापन कार्यक्रम लागु भएका सामुदायीक वनको नतिजा उत्साहजनक देखिएको हो । प्रदेश सरकारले वैज्ञानिक वन व्यवास्थापन कार्यक्रमले भ्रष्टाचार निम्त्याएको दावी गरिरहेका बेला उक्त कार्यक्रमले वनको हैसियत सुधार्नुका साथै उपभोक्तालाई पनि लाभान्वीत बनाएको छ ।
कैलालीमा बाह्रवन सहित १० वटा सामुदायीक वनमा कार्यक्रम लागु गरिएको छ । कार्यक्रम लागु भएपछि अनपेक्षीत रुपमा काठको उत्पादन बढेको छ भने आशा गरेको भन्दा बढि उत्साजनक नतिजा आएको छ ।
हरियो वन नेपालको धन भन्ने उखान करिब करिब हराउने अवस्थामा थियो । जंगलमा भएका रुख काट्ने क्रम बढ्ने र रोप्ने क्रम घट्ने अवस्था सृजना हुँदै गएपछि वैज्ञानिक वन व्यवस्थापन नाम दिएर नयाँ योजना लागु भएको थियो । वतर वनमाथि भईरहेको राजनीतीले हैसियत बिग्रिएका पुराना बुढा रुख काटेर नयाँ विरुवा हुकाउने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम मार्फत नै समृद्धीको वाटो तय हुनेमा आसंका बढ्दै गएको छ ।