सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाल आरोहणका लागि ७४ आरोहीले लिए अनुमति

२०७६ कार्तिक ८, ०३:५७ खबर संवाददाता

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक सय ४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए। तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ। 

यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन्। अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए। विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन्।

आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन्। शरद ऋतुको हिमाल आरोहणका लागि  बिहीबारसम्म रु छ करोड १७ लाख ३६ हजार राजस्व सङ्कलन भएको विभागले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस