सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छली गरेर ल्याईएको साढे २ लाखको सामान बरामद

२०७५ जेठ १७, ०७:२२

सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको साढे २ लाख मूल्य बराबरका समान बरामद गरेको छ । सीमा सुरक्षा कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकाको गौरी कटान नाकाबाट ल्याउदै गरेको सामान बरामद गरेको हो । बरामद गरिएका २ लाख ५७ हजार मूल्य बराबरका विभिन्न समाग्रीलाई जिल्ला भन्सार कार्यालय कैलालीमा बुझाइएको छ । बरामद सामानमा विभिन्न भाँडाकुँडा तथा हार्डवयरका समाग्री रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  
 

कमेन्ट लोड गर्नुस